उत्तराखण्ड बाढीमा मृतकको संख्या ५३ पुग्यो, तीन नेपालीको सनाखत
भारतको उत्तराखण्डमा गएको बाढीमा परी बेपत्ता भएकामध्ये ५३ जनाको शव भेटिएको छ। उनीहरुमध्ये तीन जना नेपाली रहेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार बिहानसम्म भेटिएका ५३ शवमध्ये २५ जनाको सनाखत भएको छ।
मृत्यु हुने तीनै जना कैलालीको टीकापुरका सोहन चौधरी, शंकर चौधरीर विष्णु मल्ल रहेको रहेका छन् ।
अझै पनि १३० जना वेपत्ता छन्। उनीहरुको खोजी भइरहेको छ ।
गत २५ माघ हिमनदीको माथिबाट खसेको पहिरोका कारण धौलीगंगामा बाढी आउँदा विद्युत्गृह बगाएको थियो।







