चार पूर्वप्रधानन्यायाधीशद्वारा सर्वोच्चमा लिखित जवाफ पेश
चार पूर्व प्रधानन्यायाधीशले सर्वोच्चमा लिखित जवाफ पेस गरेका छन् । अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतबाट जवाफ माग भएपछि चार जना पूर्व प्रधानन्यायाधीशले आज आफैँ उपस्थित भएर लिखित जवाफ बुझाएका x’g\ । प्रतिनिधिसभा विघटनको विरुद्धमा अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्नका लागि विज्ञप्ति निकालेको भन्दै अवहेलना मुद्दा लागेको पूर्वप्रधानन्यायाधीशहरू सुशीला कार्की, नबहादुर रायमाझी, अनुपराज शर्मा र कल्याण श्रेष्ठले लिखित जवाफ अदालतमा पेश गरेका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल ईजलासले गत माघ १५ गते अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमननाथ ढुंगानालाई आफैँ अदालतमा उपस्थित भएर लिखित जवाफ दिन आदेश दिएको थियो ।
जवाफमा नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता लगायतका मौलिक हकहरुको प्रयोग, प्रचलन र संरक्षणमा अन्य नागरिक झै पूर्वन्यायकर्मीको पनि सरोकार रहने कुरा प्रष्ट भएको उल्लेख गरिएको छ ।







