आफ्नै पार्टीबाट समानान्तर सत्ताको अभ्यास भएपछि संसद विघटन गर्न बाध्य भएँः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीबाट समानान्तर सत्ता सञ्चालनको प्रयास भएपछि संसद विघटन गर्न बाध्य भएको बताउनु भएको छ ।
सरकार गठन भएदेखि नै आफ्नै पार्टीबाट व्यवधान खडा गरिएकाले संसद विघटन गरी ताजा जनादेशका लागि निर्वाचनमा जाने निर्णय लिनुपरेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो– ‘पार्टी भित्रैका केही शीर्ष नेताहरुको कुण्ठाको बाछिटा व्यवस्थापिकामा नपरोस भन्नेमा हरदम सचेत थिएँ ।
समय भन्दा अगावै निर्वाचनको बाटोमा हिँड्न नपरोस भनेर मैले धेरै प्रयास गरँ तर सफल भइन । सरकारका तीन वर्षका उपलब्धी सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले पुष पाँच गते अपरान्हसम्म पनि संसद विघटनको निर्णयमा जान नपरोस् भनेर आफूले प्रयास गरेको बताउनुभयो ।
उहाँले झुटो अभियोग र निराधार आरोप लगाएर खुइल्याउने प्रयास नगरौँ र स्वस्थ ढंगले सरकार र पार्टी चलाऔँ भनेर प्रयास गरेको भए पनि त्यसमा अर्को पक्षले साथ नदिएको बताउनुभयो ।







