कोरोना अपडेटः विदेशमा रहेका संक्रमित नेपालीमध्ये ९७ प्रतिशत​ संक्रमणमुक्त

छहारी संवाददाता
फाल्गुन ३, २०७७

विदेशमा रहेका कोरोना संक्रमित नेपालीमध्ये ९७ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ६० हजार १२१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५८ हजार चार सय ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९७ प्रतिशत रहेको उज्यालो अनलाइनले लेखेको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो हप्ता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोनाको संक्रमणबाट विदेशमा यो हप्ता थप दुई जना नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संद्धका अनुसार यो हप्ता बेलायतमा दुई जनाको संक्रमण्माबाट ज्यान गएको हो । योसहित २१ देशमा कोरोना भाइरस संक्रमणले ज्यान गुमाउने नेपालीको संख्या तीन सय ३५ जना पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*