वासिङ मेसिनको घुमिरहेको फलामे रडमा परेर महिलाको मृत्यु
भक्तपुरको एक वासिङ मेसिन सेन्टरमा वासिङ मेसिनभित्र केमिकल राख्नेक्रममा घुमिरहेको फलामे रडमा परेर गम्भिर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।
सुर्यविनायक नगरपालिका(५ चुनदेवीस्थित लाइभ स्टार कपडा वासिङ सेन्टरमा काम गर्ने दोलखाको भीमेश्वर नगरपालिकाकी ३८ वर्षीया कमला केसीको उपचारका क्रममा ज्यान गएको प्रहरीलाई उद्धृत गर्दै देशसञ्चारले लेखेको छ।
उनलाई तत्कालै मध्यपुर ठिमी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।







