सर्वोच्चको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर नियुक्त

छहारी संवाददाता
फाल्गुन २, २०७७

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा लालबहादुर कुँवर नियुक्त भएका छन् ।

गत माघ ११ गते बसेको न्यायपरिषद्को बैठकले तत्कालिन मुख्य रजिष्ट्रार नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेपछि रिक्त रहेको मुख्य रजिष्ट्रार पदमा कुँवर नियुक्त भएका हुन् । यसअघि कुँवर सर्वोच्चकै रजिस्ट्रार थिए, अनलाइन खबरले लेखेको छ ।

माघ २५ गते बसेको न्याय सेवा आयोगको बैठकले कुँवरलाई नियुक्तिको सिफारिस गरेपछि गत माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले कुँवरलाई मुख्य रजिष्ट्रारमा नियुक्ति गर्ने निर्णय गरेको हो । गुल्मी धुर्कोटका कुँवर २०५५ सालमा शाखा अधिकृतको रुपमा निजामती सेवामा प्रवेश गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*