कोरोना अपडेटः पछिल्लो २४ घण्टामा १ सय ४ जना संक्रमित थपिए, मृत्यु शुन्य
नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आइतवार थपिएकासँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या कुला २ लाख ७२ हजार सात सय १८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक सय ३१ जना निको भएसँगै अहिलेसम्म दुई लाख ६९ हजार ६० जना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमणको कारण नेपालमा पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन ।
कोरोनाका कारण अहिलेसम्म दुई हजार ५४ जनाको ज्यान गएको छ । अहिले नेपालमा १६ सय चार जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।







