भागरथीको हत्यारा तत्काल पत्ता लगाई कारबाहीको माग गर्दै नेविसंघद्धारा प्रदर्शन

छहारी संवाददाता
फाल्गुन २, २०७७

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बलात्कारपछि हत्या गरिएकी बैतडीकी भागरथी भट्टका हत्यारालाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेविसंघ केन्द्रीय समितले आइतबार पद्मकन्या क्याम्पसमा विरोध प्रदर्शन गर्दै भागरथीलगायत बलात्कार र हत्याका सबै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको हो । तुलसा पन्तको संयोजकत्वमा भएको कार्यक्रमको कोणसभालाई सम्बोधन गर्दै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले घटनाका दोषिलाई तत्काल कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ ।

महामन्त्री दीपक भट्टराईले यस्ता घटना दोहोरिरहेको तर सरकारले कारबाही नगरेको आरोप लगाउनुभयो, अनलाइन खबरले लेखेको छ । विद्यालयबाट घर फर्केकी भागरथीको स्थानीय जङ्गलमा शव फेला परेको थियो । प्रहरीले अनुसन्धान जारी राखे पनि हालसम्म घटनामा संलग्नको पहिचान भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*