विनयजंग बस्नेतविरुद्ध सपनाको प्रहरीमा उजुरी
बीबीसीको सय प्रभावशाली महिलाको प्रभावशाली महिलाको सुचिमा पर्नुभएकी सपना रोकामगरले विनयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिनु भएको छ ।
बेवारिसे शव व्यवस्थापनको काम गर्दै आएका बस्नेतले सपनाका नग्न तस्बिर आफूसँग रहेको र सार्वजनिक गरिदिने धम्की दिएपछि सपनाले बस्नेतविरुद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिनु भएको हो । सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिनुभएको हो ।
उहाँकाअनुसार प्रहरी बस्नेतलाई हिरासतमा लिनका लागि अनुमति लिन जिल्ला अदालत गएको छ । अदालतबाट पक्राउ पूर्जी आउनेबित्तिकै बस्नेतलाई पक्राउ गर्ने प्रहरीको तयारी छ ।
यसअघि सपना र बस्नेत मिलेर बेवारिसे शव जलाउने काम गदै आएका थिए ।







