महिलामाथिका हिंसाका घटनाको विरोधमा नागरिक आन्दोलनद्धारा मार्चपास
महिलामाथि हुने हिंसा, विभेद र बलात्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले शुक्रवार ‘सिंहदरबार महिला मार्चपास’ गरेको छ ।
दिउँसो २ बजे काठमाण्डौको वसन्तपुरमा भेला भई नागरिक आन्दोलनले सिंहदरबारको मूल गेटसम्म मार्चपास गरेको अनलाइन खबरले लेखेको छ । मार्चपासमा कालो कपडा लगाएका महिलाहरूका साथै प्रतिकात्मक शव र मलामी पनि देखाइएको थियो ।







