कोरोना अपडेटः पछिलो २४ घण्टामा २ संक्रमितको मृत्यु, १२७ जनामा संक्रमण पुष्टि

छहारी संवाददाता
माघ ३०, २०७७

कोरोना संक्रमणका कारण नेपालमा पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २ हजार ५४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १२७ जनामा संक्रमण पुष्टि भएको छ । ४ हजार जनाको पीसीआर परीक्षण गर्दा एक सय २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या दुई लाख ७२ हजार पाँच सय ५७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक सय ३६ जनासहित दुई लाख ६८ हजार सात सय ९६ जना निको भएका छन् ।अहिले नेपालमा एक हजार सय सात जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*