प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ

छहारी संवाददाता
माघ २९, २०७७

नेकपाको प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो ।

यसअघि ओली समूहको अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारबाही गर्न माग गरेको थियो । हिजो काठमाण्डौमा भएको प्रचण्ड(नेपाल समूहको आमसभामा झाँक्रीले आफूविरुद्ध लगाइएको आरोपको विरोध गर्नुभएको थियो ।

झाँक्रीलाई पक्राउ नगर्न उहाँको निवास अगाडि नाराबाजी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*