सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढायो

छहारी संवाददाता
माघ २८, २०७७

सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पनी पेट्रोलियम पदाथमा मूल्य वृद्धि गरेको हो ।

अब पेट्रोलको मूल्य ११२ र डिजेलरमटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य पनि अब बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो । निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*