भाइले चलाएको बन्दुकको गोली लागेर दाइको मृत्यु
दाङमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ।
मंगलबार दिउँसो गढवा गाउँपालिका–२ चिमचिमेस्थित तिरतिरे जंगलमा सिकार खेल्न गएका दुईजना मध्ये सोही ठाउँका ३९ वर्षीय इन्द्रबहादुर रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका इन्चार्ज राजकुमार भट्टले जानकारी दिएको देशस१चारले लेखेको छ ।
दाइ इन्द्रबहादुर र भाइ २७ वर्षीय सूर्यबहादुर राना सिकार खेल्न राष्ट्रिय वनमा गएका थिए। सो क्रममा भाइले चलाएको भरुवा बन्दुकको गोली लागेर दाइ इन्द्रबहादुरको घटनास्थलमा मृत्यु भएको थियो।







