कोरोना अपडेटः नेपालमा पछिल्लो २४ घन्टामा १३४ जनामा संक्रमण पुष्टि, मृत्यु शुन्य
नेपालमा पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको छ। काठमाडौँ उपत्यकामा बुधबार थप ६५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मनत्रालयका अनुसार काठमाडौँका ५५, ललितपुरका ४ तथा भक्तपुरका ६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार बुधबार ११८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ५ सय ४९ पुगेको छ। गत चौबीस घन्टामा ३ हजार ५ सय ६७ पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि निधन भएको छैन। यसैगरी देशभर हालसम्म ७२ जनाको आईसियुमा तथा १६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।







