बकैया “बालमैत्री स्थानीय तह” घोषणाको तयारी पुरा
मकवानपुरको बकैया गाउँपालिका बालमैत्री युक्त स्थानिय तह घोषणाको तयारी पुरा भएको छ ।
माघ २९ गते भोली गाउँपालिकालाई बालमैत्री स्थानिय तह घोषणा गरिदैछ । यसको लागिको सबै तयारी पुरा भएको गाउँपालिकाका अध्यक्ष दामोदर खनालले बताउनुभयो । १२ वटा वडा संख्या रहेको गाउँपालिकाले विगत देखि नै बालमैत्री स्थानीय शासन सम्बन्धी गतिविधिहरु निरन्तर संचालन गरि निर्धारित सम्पूर्ण चरण र सुचकहरु पार गरिसकेको छ ।
बकैया गाउँपालीकामा कुल जनसंख्याको ३७ प्रतीसत बालबालीका रहेका छन् । घोषणासभा गाउँपालिकाको वडा नं. ४ स्थित जुरेली खेल मैदानमा हुने छ । घोषणासभा बागमती प्रदेशका मुख्यमन्त्री माननीय डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा हुने छ । यसअघि मकवानपुरको पश्चिमी क्षेत्रमा रहेको महनहरी गाउँपालिका नेपालकै पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषित भइसकेको छ ।







