बृहत नागरिक आन्दोलनले बलात्कार विरुद्ध मार्चपास गर्ने

छहारी संवाददाता
माघ २८, २०७७

बृहत नागरिक आन्दोलनले काठमाडौँमा बलात्कार विरुद्ध मार्चमास गर्ने भएको छ।

लगातार बलात्कारका घटना भइरहेको विरोधमा आगामी शुक्रबार ‘सिंहदरबार महिला मार्च पास’ गरिने भएको हो। एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने र सयौँ अपराधीको पहरेदारी गर्ने सत्ता नचाहिने उल्लेख गर्दै बृहत नागरिक आन्दोलनले मार्च पासमा सहभागी हुन आग्रह गरेको, देशसञ्चारले लेखेको छ ।

‘हामी सडकबाट चुनौती दिन्छौँ एकपछि अर्को बलात्कारलाई मूकदर्शक भई हेर्ने, एकपछि अर्को बलात्कारीको सुरक्षा गर्ने, सयौँ अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन। यसलाई अब कसरी र कहिलेसम्म टिकाउँछौंरु’ जारी अपिलमा उल्लेख छ।

शुक्रबार दिउँसो २ बजे बसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्च गर्ने बृहत नागरिक आन्दोलनले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*