पहाडी क्षेत्रका केही ठाउँमा वर्षा तथा उच्च पहाडी र हिमाली जिल्लामा हिमपातः मौसमविद्

छहारी संवाददाता
माघ २८, २०७७

आज देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । काठामाण्डौ र आसपासका क्षेत्रमा भने पानी पर्ने सम्भावना नरहेको उहाँको भनाइ छ ।

यस्तै उच्च पहाडी तथा हिमाली जिल्लामा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना रहेको मौसमविद् सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

अहिले सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र वाग्मती प्रदेशका पहाडी क्षेत्रको मौसम आँशिकदेखि समान्य बदली भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*