सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका ल्याउने सरकारको तयारी

छहारी संवाददाता
माघ २७, २०७७

सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका ल्याउने तयारी गरेको छ । सामाजिक सञ्जालमा देखिएको छाडा एवं उत्तेजक प्रवृत्तिलाई नियमन गर्न भन्दै निर्देशिका ल्याउन लागेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बताउनुभयो ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले अभिव्यक्ति स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रताको नाममा हुने लोकतान्त्रिक शासन पद्धतीमाथिको प्रहार, हिंसा फैलाउने र देशलाई मुठभेडतर्फ धकेल्ने अभिव्यक्तिबाट भइरहेको विकृति रोक्न सरकारले यस्तो कदम चाल्न लागेको तर्क गर्नुभयो ।

‘स्वतन्त्रताको उपभोग गर्ने नाममा दर्ता नभएका फेसबुक, युट्युब, अनलाइनमा आएको विकृती रोक्न सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०७७ जारी गर्ने तयारी गरिरहेको जानकारी गराउँछौं,’ मन्त्री गुरुङले भन्नुभयो, ‘जसले समाजलाई अराजकता, विकृति विसङ्गगती र अराजक सञ्चारकर्मीलाई सचेत गराउँदै नियमन गर्छ ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*