राक्सिराङका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

छहारी संवाददाता
माघ २७, २०७७

राक्सिराङ गाउँपालिका वडा नम्वर ९ मा रहेको तेनसुराङ आधारभूत विद्यालयलाई ‘सेभेन सेन्सेस ग्रुप’ ले शैक्षिक सामग्री सहयोग गरेको छ । तामाङ तथा बढी चेपाङ जातिको बाहुल्यता रहेको विद्यालयमा शैक्षिक सामग्रीको अभावले पछाडि परिरहेको अवस्थामा सेभेन सेन्सेस ग्रुपले विद्यालयमै पुगी शैक्षिक सामग्री सहयोग गरेको छ ।

दीपेश जोशी, बसन्त कप्रौला, गोकर्ण सुवेदी, विज्ञान रिमाल, रमेश काफ्ले, सरोज गहतराज, सुजन ढकाल, रोहितशाही, हरिशर्मा लामिछाने, जीवन ढकाल, लालबहादुर पौडेललगायत युवा व्यवसायीको सहयोगमा मंगलबार विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीट्र, टोपी, झोला, कापी, ४ वटा सेतोपार्टी बोर्ड विद्यालयका प्रधानाध्यापक रामनारायण ढकाललाई हस्तान्तरण गरेका छन् ।

दुर्गम ठाउँमा अवस्थित अतिविपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीको पढाईमा सहयोग पु¥याउने उद्देश्यले करिव १ लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरिएको ग्रुपका सदस्य दीपेश जोशीले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीको पठन सीपलाई विकास गराउने उद्देश्यले कक्षा १ देखि ३ सम्मका लागि ३ सेट पुस्तकसहितको झोलाविद्यालयलाई सहयोग गरिएको हो । कक्षा १ देखि ३ सम्म अध्यापन हुने विद्यालयमा करिव ६३ जना विद्यार्थी अध्ययनरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*