कोरोना अपडेटः नेपालमा पछिल्लो २४ घण्टामा २ संक्रमितको मृत्यु, १६० संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा थप १६० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा सुनसरीमा ३, सप्तरीमा २, काठमाडौँमा ६७, काभ्रेमा १, चितवनमा २, दोलखामा ३, धादिङमा १, नुवाकोटमा १, भक्तपुरमा ५, मकवानपुरमा २, ललितपुरमा ७, सिन्धुपाल्चोकमा १, कास्कीमा २६, गोरखामा १ र तनहुँमा १ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै नवलपरासी पूर्वमा ३, पर्वतमा ३, म्याग्दीमा १, लमजुङमा १, वाग्लुङमा ४, स्याङ्जामा ३, दाङमा ५, पाल्पामा ५, प्यूठानमा १, बर्दियामा ३, बाँकेमा ३, रुपन्देहीमा २, सुर्खेतमा १, डोटीमा १ र बैतडीमा १ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७९ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार मंगलबार १६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको छ। गत २४ घण्टामा ४ हजार ३ सय ९ पीसीआर परीक्षण भएको छ। हाल देशभर १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित रहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४७ पुगेको छ। हाल देशभर ६४ जना कोरोना संक्रमितको आइसीयुमा र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।







