महिलालाई आरक्षण होइन सक्षम बनेर प्रतिस्पर्धामा आउन मुख्यमन्त्री पौडेलको आग्रह

तेस्रो ऐतीहासीक बेटी सम्मेलन हेटौडामा सुरु
छहारी संवाददाता
माघ २७, २०७७

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले महिलाका लागि आरक्षण होइन सक्षम बनेर प्रतिस्पर्धामा आउन आग्रह गर्नु भएको छ । हेटौंडामा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय बेटी सम्मेलनको उद्घाटन गर्दै उहाँले महिला अधिकारको पक्षमा आफु निरन्तर लागिरहेको र महिलाहरु पनि उत्पादनसंग जोडिनु पर्ने बताउनुभयो ।

महिलालाई अपमान गर्ने व्यक्ति आफैमा कमजोर मानिसकताको हुने टिप्पणी गर्दै मुख्यमन्त्री पौडेलले महिला र पुरुष मिले मात्र समृद्ध नेपाल बन्ने जिकिर गर्नुभयो । उहाँले श्रीमान छोराहरुसंग आश्रीत हुँदा महलिा पछाडी परेको भन्दै उहाँले आफै बलियो हुन आग्रह गर्नुभयो ।

एसीड प्रभावित महिलालाई बागमती प्रदेश सरकारले रोजगारी दिने उहाँको भनाई छ । उहाँले शैक्षिक योग्यताका आधारमा एसीड प्रभावितहरुलाई रोजगारी दिने भनेर संघीय सरकारले भनेपनि स्थानीय र प्रदेश सरकारले समेत रोजगारी दिन सक्ने बताउनुभयो ।

कार्यक्रममा पुर्व राज्यमन्त्री करिमा बेगम, काठमाण्डौ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना कुमारी लामा, एसीड आक्रमणबाट प्रभावित भएका मुस्कान खातुन, बिन्दवासीनी कंशाकार लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो । आजको कार्यक्रममा समाजमा बिभीन्न क्षेत्रबाट योगदान पुर्याउनु भएकाहरुलाई सम्मान गरिएको थियो ।

मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकता गर्ने उद्देश्यले हेटौंडामा तेस्रो राष्ट्रिय बेटी सम्मेलन सुरु गरिएको हो । मुलधार महिला सेवा केन्द्रको आयोजनामा लैङ्गिक बिभेद बुझी देउ, हिंसा होइन खुसी देउ, भन्ने नाराका साथ तेस्रो ऐतीहासीक बेटी सम्मेलन हेटौडामा सुरु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*