पौडेल परिवारद्धारा ओम वृद्धाआश्रमलाई खाद्यान्न तथा नगद सहयोग

छहारी संवाददाता
माघ २७, २०७७

हेटौडा–६ चौघडाका भीमसेन पौडेलले हेटौडा–२ मा रहेको ओम वृद्धाआश्रमलाई खाद्यान्न तथा नगद सहयोग गर्नु भएको छ ।

पौडेलले आफ्नी धर्मपत्नी दुर्गादेवी पौडेलको ४५ दिनको पुण्यतिथिमा वृद्धाश्रमलाई सहयोग गर्नु भएको हो । उहाँले वृद्धाश्रमलाई चामल, पिठो, तेल, बेसार, गेडागुडी, चिनी, मिश्री लगायत नगद समेत सहयोग गर्नु भएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा हेटौडा–१ का अध्यक्ष सविन न्यौपानेले पौडेल परिवारले गरेको कामले वृद्धाआश्रमलाई सहयोग पुग्नुको साथै पौडेलको धर्मपत्नी दुर्गादेवी पौडेलको आत्माले शान्ति पाउने विश्वास व्यक्त गर्नुभयो । आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेलले यस्ता कामले समाजमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय विडारी, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष केशव धिताल, चुच्चेखोला सामुदायिक वनका कार्यसमिति सदस्य शिवप्रसाद गौतम, संचारकर्मी रुपेश दुलाल, विजय पौडेल, दाताका आमा कृष्णकुमारी पौडेल, दाजु नवराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*