“भट्टको केश निर्मला पन्तको जस्तो जटिल छैन,अपराधमा संलग्नलाई छिट्टै कारवाही गर्छौ” : गृहमन्त्री
गृहमन्त्री राम बहादुर थापाले भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने अपराधी छिट्टै नै पक्राउ पर्ने आश्वासन दिनु भएको छ ।
गृहमन्त्री थापाले भट्टको केश निर्मला पन्तको जस्तो जटिल नभएको र सुरक्षा संयन्त्र लागि परेकोले दोषी पत्ता लाग्ने आश्वासन दिनु भएको छ । बलात्कारमा संलग्नलाई कारवाही गर्न माग गर्दै मंगलबार नेपाल विद्यार्थी संघले बुझाएको ज्ञापन पत्र बुझ्दै थापाले अपराधमा संलग्नलाई छिट्टै कारवाही गर्ने बताउनु भएको हो ।
‘राज्यको अनुसन्धान र प्रशासनिक निकाय पुर्ण रुपले बैतडीमा केन्द्रित छ’, थापाले भन्नुभयो, ‘विगतका निर्मला पन्तको घटना झै कठिन छैन् अनुसन्धान दोषीको नजिक पुगिसकेको छ ।’ उहाँले युवा विद्यार्थी, नागरिक समाज सबैको सहयोगको सरकारले अपेक्षा गरेको बताउनुभयो ।







