विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने सरकारकोनिर्णय
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।
गएको भदौमा कुलमान घिसिङको कार्यकाल सकिएपछि सरकारले प्राधिकरणकै उप-कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त प्रमुखको जिम्मेवारी दिएको थियो । यस्तै कात्तिक २१ गते हितेन्द्रदेव शाक्यलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।







