हेटौंडाको राजदेवीमा २ करोड लागतमा डेढ किलोमिटर सडक पिच गरिँदै
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ राजदेवीमा सडकमा पीच गर्ने काम सुरु भएको छ । सडक निर्माणको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले सिलान्यास गर्नुभयो ।
२ करोड रुपैयाँ लागतमा डेढ किलोमिटर सडक पिच गर्न लागिएको हो । पाँच मिटर चौडाइ रहेको यस सडकमा आसपाल पिच गर्न लागिएको मेयर महतले बताउनुभयो । पीच गरिएका सडक केही वर्षमानै भत्कने भन्दा पनि बषौ सम्म टिकाउनेगरी हेटौंडाका भित्री सडकहरुमा पनि आसपाल पिच गर्ने काम भइरहेको मेयर महतले बताउनुभयो ।
अरु पीचको तुलनामा आसपाल पिच टिकाउ र बलियो सडकका रुपमा लिइन्छ । राजदेवीका वासिन्दाहरु वषौदेखि धुलाम्य सडकमा यात्रा गर्ने भएपनि अब भने पीच सडकबाट यात्रा गर्न पाउने भएका छन् । सडक निर्माण भएपछी यात्रागर्नका लागि पहिलेको तुलनामा धेरै सहज हुने मेयरका राजनीतिक सल्लाहकार नरहरी महतले बताउनुभयो ।







