हेटौडामा २४ गते भएको सवारी दुर्घटनामा घाइते भएका बयलकोटीको मृत्यु
हेटौडामा भएको सवारी दुर्घटनामा घाइते भएका हेटौडा १७ कुमलटार बस्ने अन्दाजी ४० वर्षका दिपक बयलकोटीको मृत्यु भएको छ । उहाँको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा गएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।
अस्ती २४ गते हेटौडा ५ सानोपोखरामा चौघडाबाट हेटौडा बजार आउदै गरेको ना ४९ प ४२११ को मोटरसाइकलले सोही दिशाबाट आउदै गरेको प्रदेश न. ३००२ प. ५३३९ नम्बरको स्कुटरलाई ओभर टेक गर्ने क्रममा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर पछाडी बसेका बयलकोटी घाइते हुनु भएको थियो । उहाँको चुरेहील अस्पताल उपचार हुन नसकेपछि थप उपचारको लागि रेफर गरिएको थियो ।







