ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ म्याग्निच्युडको भूकम्प
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर ३५ मिनेट जाँदा ५।४ म्याग्निच्युडको भूकम्प गएको हो ।
नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जनाएको, देशसञ्चारले लेखेको छ। ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति भने नभएको स्थानियले बताएका छन् ।







