देशमा हत्या हिंसा र बलात्कारका घटना बढ्दै गइरहेको प्रति राप्रपाद्धारा चिन्ता व्यक्त

छहारी संवाददाता
माघ २६, २०७७

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले देशमा पछिल्लो समय हत्या हिंसा र बलात्कारका घटना बढ्दै गइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गरेको छ ।

आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै उसले तरल राजनीतिक अवस्थाका कारण अपराधका घटना बढ्दै जाँदा यसले राज्यको सुरक्षा प्रणालीमाथि नै गम्भिर प्रश्न उब्जिएको टिप्पणी गरेको छ ।

बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तको वर्षौंसम्म पनि हत्यारा पत्ता लाग्न नसकिरहेको दुःखदायी अवस्थामा बैतडी दोगडाकेदार गाउँपालिका वडा नं. ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको उही प्रकृतिको रहस्यमय हत्या हुनु र अहिलेसम्म हत्यारा पत्ता नलाग्नु रहस्यमय, दुःखद र निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाले घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ । साथै स्व। भट्टको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना समेत व्यक्त गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*