धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या
बारामा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ ।
बाराको महागढीमाई नगरपालिका-१ का बैजनाथ कुश्वाहाकी श्रीमती कान्तिदेवीको हत्या भएको हो । अज्ञात समूहले टाउको र गालामा धारिलो हतियार प्रयोग गरी कान्तिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
अहिले प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुर ल्याएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।







