मेची महाकाली संयुक्त बुहारी आवाज मकवानपुरको प्रेस सल्लाहकारमा संचारकर्मी थापा मनोनित

छहारी संवाददाता
माघ २५, २०७७

मेची महाकाली संयुक्त बुहारी आवाज मकवानपुरको प्रेस सल्लाहकारमा मकवानपुरकी संचारकर्मी अञ्जली थापा मनोनित हुनुभएको छ ।

जिल्ला शाखा मकवानपुरको सिफारिसमा संस्थाको केन्द्रले थापालाई प्रेस सल्लाहकारमा मनोनित गरेको हो । विगत १६ वर्ष अघिदेखि मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहनु भएकी थापा हाल राष्ट्रिय समाचार समिती (रासस) मकवानपुरको समाचारदाता हुनुहुन्छ ।

उहाँ चिनारी सन्देश साप्ताहिकको सम्पादक तथा प्रकाशक पनि रहँदै आउनु भएको छ । मेची महाकाली संयुक्त बुहारी आवाज मकवानपुरको संयोजक कबिता खरेल थापाले प्रेस सल्लाहकारको रुपमा संचारकर्मी थापालाइ स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

यस्तै सहसंयोजक मञ्जु फुँयालले संचारकर्मी थापाको सल्लाह र सुझावले संस्थाको गरिमा उच्च रहने विश्वास व्याक्त गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*