एक्सपर्ट एजुकेशनद्धारा मकवानपुर ट्राफिक प्रहरीलाई दूर्घटना सचेतना बोर्ड हस्तान्तरण

छहारी संवाददाता
माघ २५, २०७७

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज हेटौंडाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई दूर्घटना सचेतना सम्बन्धी बोर्ड हस्तान्तरण गरेको छ ।

एक्सपर्टले आइतबार ट्राफिक कार्याालयलाई १२ थान दूर्घटना सचेतना सम्बन्धी बोर्ड हस्तान्तरण गरेको हो । एक्सपर्टका निर्देशक डिल्लीराम अधिकारीले ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक प्रकाश पाँण्डेलाई करिब ३ लाख बराबरको दुर्घटना सचेतना बोर्ड हस्तान्तरण गरका हुन् ।

राजमार्ग क्षेत्रमा हुने गरेको दुर्घटनालाई न्युनिकरणमा सामाजिक उत्तरदायीत्व बहन गर्ने उद्देश्यका साथ ट्राफिक कार्यालय मकवानपुरलाई सो सचेतना बोर्ड हस्तान्तरण गरिएको एक्सपर्टका निर्देशक अधिकारीले बताए ।

बागमती प्रदेशको राजधानी हेटौंडा तथा आसपासका क्षेत्रमा अत्यधीक दूर्घटना हुने भएकाले यसको रोकथाम र नियन्त्रणमा केहि सामाजिक योगदानका लागि सचेतना बोर्ड हस्तान्तरण गरिएको एक्सपर्टका अच्युत चालिसेले जानकारी दिए ।

यसअघि पनि एक्सपर्टले सामाजिक क्षेत्रमा विभिन्न कार्य गर्दै आएको एक्सपर्टले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने अधिकारीले बताए । दुर्घटना सचेतना सम्बन्धि बोर्डहरु मकवानपुरका विभिन्न राजमार्गको क्षेत्रमा राखिने बताइएको छ ।

सचेतान बोर्ड लिर्दै ट्राफिक प्रहरी प्रमुख पाँण्डेले समाजका हरेक व्यक्तिले आफ्नो उत्तरदायीत्व निवाह गरे दुर्घटनालाई न्युनिकरण गर्न समिने बताए । आफु हेटौंडा आएको ३ महिनामानै ट्राफिक व्यवस्थापनका लागि केहि फरक शैलिका कामहरु गरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*