कोरोना अपडेटः नेपालमा पछिल्लो २४ घण्टामा २२५१ पीसीआर परीक्षणमा ११९ संक्रमित पुष्टि
२४ घण्टामा थप ३ जना संक्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १९ जना कोरोना संक्रमित थपिएका छन्।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ सय ६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ। हाल देशभर १ हजार ८ सय १५ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा २ हजार २ सय ५१ पीसीआर परीक्षण भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३८ पुगेको छ।







