स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीय पक्राउ

छहारी संवाददाता
माघ २५, २०७७

बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ।

शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शङ्का लागि जाँच गर्दा मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई नगदसहित पक्राउ गरी आज सार्वजनिक गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो, देशसञ्चारले लेखेको छ ।

बिआर ०५ थ ६४१७ नम्बरको मोटरसाइकल सवार भारत विहार जिल्ला मोतिहारी थाना हंशपुर ग्राम पञ्चायात वडा नं १० घोडासहान बस्ने २६ वर्षीय अरबिन्द महतो र अर्का १४ वर्षीय बालकलाई पक्राउ गरेको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।

कपडाको झोलामा लुकाइछिपाइ एक हजारको एक हजार ९ सय २३ थान, ५०० को पाँच हजार ७०४ थान, १०० को एक हजार २०० थान र रु ५० को १०० थान रुपैयाँसहित नेपाल आइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र यस कारोवारमा नेपालीको पनि सहभागिता रहेको हुनसक्ने हुँदा चाँडै नै कानूनी दायरामा ल्याउने उपरीक्षक शाहीले बताउनुभयो । पक्राउ परेका दुबै जनालाई सम्पत्ति शुद्धिकरण विभाग काठमाडौँमा पठाउने उनले जानकारी दिए। पक्राउ परेका हकमा बिगोको दोब्बर र दुई वर्षदेखि १० वर्षसम्मको जेल सजाय हुने व्यवस्था रहेको उहाँको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*