ओलीको असंवैधानिक कदम विरुद्ध गरिएको आमहड्ताल देशभर शान्तिपूर्ण र सफलः नेकपा प्रचण्ड–नेपाल समूह
नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार आह्वान गरेको आमहड्ताल समग्रमा शान्तिपूर्ण र सफल भएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायमा असंवैधानिक तरिकाले नियुक्ती गरेको भन्दै प्रचण्ड– नेपाल समूहले आज दुशव्यापी आमहड्ताल अह्वान गरेको थियो । यद्यपी आन्दोलनका क्रममा देशभर १७ स्थानमा तोडफोड र एक ठाउँमा आगजनी भएको छ भने प्रहरीले १८४ जना बन्दकर्तालाई पक्राउ गरेको छ ।
तोडफोड तथा बन्द गराउँदै हिँडेका १८४ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । सबैभन्दा बढी काठमाडौंमा ८७ जना, प्रदेश १ मा १८ जना प्रदेश २ मा ५२, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा १६ र प्रदेश ५ मा १६ जना पक्राउ परेको देशसत्तचारले लेखेको छ।
यसैगरि देशभर १७ स्थानमा तोडफोडमा घटनाहरु भएका छन्। प्रदेश १ मा ५, प्रदेश २ मा ३, बागमती प्रदेशमा ४ र काठमाडौँमा ५ वटा तोडफोडका घटना भएको प्रहरीले जनाएको छ ।







