जनकपुरधाममा बन्दकर्ता र प्रहरी बीच भएको झडपमा घाइते भएका नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रिय सदस्य झाको अवस्था गम्भीर

छहारी संवाददाता
माघ २२, २०७७

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को प्रचण्ड–नेपाल समूहले आह्वान गरेको देशव्यापी आमहड्तालका क्रममा जनकपुरधाममा बन्दकर्ता र प्रहरी बीच भएको झडपमा घाइते भएका नेकपाका केन्द्रीय सदस्य रामचन्द्र झाको अवस्था गम्भीर रहेको छ ।

प्रहरीको लाठी प्रहारबाट घाइते भएका पूर्वमन्त्री झा र पूर्वमन्त्री एवंम नेकपाका स्थायी कमिटी सदस्य मातृका यादव सहित ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको नेकपा संघर्ष समिति धनुषाका संयोजक सुधीर साहले बताएको पहिलो पोष्टले लेखेको छ ।

उहाँले पूर्वमन्त्री यादव, स्थायी समिति सदस्य रामचन्द्र झा, शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहलाई थप उपचारका लागि प्लेनबाट काठमाडौं लगिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेहरुलाई उपचारको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । पूर्वमन्त्री झालाई झडपकका क्रममा प्रहरीले लाठी प्रहार गरेको थियो । उहाँको टाउकोमा गम्भीर चोट लागेको बुझिएको छ। चोट लागेपछि घाइते भएका झालाई प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*