‘सोनाम ल्होछार’को अवसरमा तीन दिन सार्वजनिक बिदा
तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होछारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
त्यसैगरी तेमाल गाउँपालिकाले पनि ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ । गाउँपालिकाले ल्होछार पर्व मनाउनको लागि आगामी माघ २८, २९ र ३० गते गाउँपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।







