पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु

छहारी संवाददाता
माघ २०, २०७७

इलाममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको ज्यान गएको छ ।

माईखोलाको अर्चले पक्की पुल नजिक माईबेनीमा माइजोगमाई–५ सोयाङका शेखर ढकाल र उनका भाइ प्रविन ढकालको हाइड्रोले बनाएको खाल्डोमा पौडी खेल्न जाँदा ज्यान गएको प्रहरीले जनाएको छ ।

भाइ खाल्डोमा डुबेपछि बचाउन गएका दाजुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*