अविवाहित महिला र एकल पुरुषले भत्ता पाउने

छहारी संवाददाता
माघ २०, २०७७

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटक पटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६र७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् । उनीहरुलाई मासिक ५०० रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो ।

त्यसैगरी विवाह नगरि बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले बताउनुभयो । तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*