म्यानमारमा सैन्य ‘कू’, एक वर्षका लागि सङ्कटकाल घोषणा
म्यानमारमा सैन्य ‘कू’ पछि सङ्कटकाल घोषणा गरिएको छ । नेत्री आङ सान सुकीलगायतका नेताहरूलाई हिरासतमा लिएपछि सङ्कटकाल लागू गरिएको हो ।
सेनाको टेलिभिजनले एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको जनाएको बीबीसीले जनाएको छ । सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो ।







