चुनावको तयारीमा अघि बढ्न निर्वाचन आयोगलाई नेकपा ओली पक्षको आग्रह

छहारी संवाददाता
माघ १६, २०७७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले निर्वाचन आयोगलाई चुनावको तयारीमा अगाडि बढ्न आग्रह गरेको छ । निर्वाचन आयोगले बोलाएको छलफलमा ओली पक्षले आयोगलाई चुनावको तयारीमा निरन्तर अघि बढ्न आग्रह गरेको हो ।

नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गएको ओली पक्षको टोलीले कुनै समूहले प्रश्न उठाउँदैमा चुनाव प्रभावित नहुने भन्दै दल दर्ता, चुनावको तयारीलगायतका काम अगाडि बढाउन आयोगलाई आग्रह गरे, उज्यालो अनलाइनले लेखेको छ ।

आयोगले सर्वोच्च अदालतले अन्यथा आदेश नगरेमा तोकिएकै समयमा चुनाव गर्न प्रतिबद्ध रहेको बताएको छलफलपछि नेता नेम्वाङले जानकारी दिनुभयो । निर्वाचन आयोगले शुक्रबार (आज) छलफलका लागि नेकपाको ओली र प्रचण्ड–नेपाल पक्षलाई बोलाएको थियो ।

यसअघि छलफलमा पुगेका प्रचण्ड–नेपाल समूहका नेताले भने केही दिनको समय मागेर फर्किएका थिए । सरकारले आउँदो वैशाख १७ र २७ गते गरि दुई चरणमा चुनावको मिति तोकेको छ ।

गएको पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरि चुनावको मिति घोषणा गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*