मनहरीको हाँडीखोलामा पक्की पुलको शिलान्यास

छहारी संवाददाता
माघ १५, २०७७

मनहरी गाउँपालिका वडा नम्वर –३ स्थित हाँडीखोलामा निर्माण गर्न लागिएको पक्की पुलको बिहिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नु भएको छ ।

शिलान्यास कार्यक्रमका प्रमुख अतिथि रहेका मुख्यमन्त्री पौडेलले मनहरी गाउँपालिकाले विकास निर्माणका कामलाई तीब्रता दिएकोमा खुशी व्यक्त गर्दै प्रदेश सरकारको तर्फबाट पनि आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले पुल निर्माणको लागि चालु आर्थिक वर्ष ०७७र७८ मा १ करोड ५० लाख रुपैयाँ प्रदेश सरकारको तर्फबाट सहयोग उपलब्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले पुल निर्माणको काम तोकिएको समयमै सम्पन्न गर्न मनहरी गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायी लगायत सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले चालु आर्थिक वर्षमा उक्त पुल निर्माणको लागि लागि ५ करोड ३५ लाख ५१ हजार ५२५ रुपैयाँ बजेट विनियोजन गरिएको र निर्माण व्यवसायीबाट पनि तोकिएको समय अगाबै पुल निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धता प्राप्त भएको जानकारी दिनुभयो ।

उहाँले विकास निर्माणका काममा सबै पक्षको सहयोग प्राप्त भए निर्माणको कामले तीब्रता पाउँने बताउँदै सबै पक्षबाट सहयोग र गल्ती कमजोरी भएको अवस्थामा सुझावरआलोचनाको अपेक्षा आफुले गरेको बताउनुभयो ।

भैरव नारायण गणेश जेभी नामक निर्माण व्यवसायी कम्पनीले २०७९ साल मंसिर १९ गतेभित्रमा ३५ मिटर लम्बाई र ७ मिटर चौडाईको पक्की पुल निर्माण सम्पन्न गर्ने गरी गाउँपालिकासँग ठेक्का सम्झौता गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*