नदीमा डुबेर दुई बालकको मृत्यु

छहारी संवाददाता
अशोज २२, २०७७

नदीमा डुबेर रौतहटमा दुई बालकको ज्यान गएको छ ।

ईशनाथ नगरपालिका ५ लक्ष्मिनिया घर भई विगत दुई वर्षदेखि राजपुर नगरपालिका–२ विगाटोल स्थित फुपुको घरमा बस्दै आएका १४ वर्षका शेख फ्याजको डुबेर मृत्यु भएको हो । बुधबार साँझ फ्याजको राजपुर नगरपालिका–२ स्थित कामदेई नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै गरुडा नगरपालिका १ जयनगर बस्ने समसाद अन्सारीका तीन वर्षका छोरा ताबिस अन्सारीको नदीमा डुबेर मृत्यु भएको छ, उज्यालो अनलाइनमा खबर छ। उनी बेपत्ता भएका थिए ।

आफन्तसहित स्थानीय बासिन्दाले खोजी गर्दा वडा नम्बर ५ झाँजखोलामा पानीमा तैरिरहेको अवस्थामा बालक मृत फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । घटनास्थल मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि गौर अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*