भवन निर्माणमा सुमार्गिकाे आर्थिक सहयाेग

हेटौडा उधोग बाणिज्य संघका पुर्व अध्यक्ष तथा नेपाल उधोग बाणिज्य महासंघका कार्यकारणी सदस्य अरुणराज सुमार्गिले भवन निर्माणार्थ सहयाेग गर्नुभएकाे छ ।
भाेजपुर उधाेग वाणिज्य संघकाे १६ काेठे सचिवालय भवनकाे माथिल्लाे तल्ला थप्ने कार्यका लागि पचास हजार पाँच सय पच्पन्न रुपैँया सहयाेगार्थ स्वरुप प्रदान गर्नुभएकाे छ ।
भवन निर्माणार्थ सहयाेग गर्ने वाचा धेरैले गरेपनि सहयाेग प्राप्त नभएकाे तर सुमार्गि मार्फत सहज रुपमा सहयेाग राशि प्राप्त गरेकाे भाेजपुर उवासंघले जानकारी गराएकाे छ ।
निरन्तर सामाजिक तथा धार्मिक कार्यमा क्रियाशिल सुमार्गिलाई भाेजपुर उवासघका अध्यक्ष ध्रुव श्रेष्ठ सहितकाे सम्पुर्ण उवासंघ भाेजपुर परिवारले धन्यवाद ज्ञापन गरेकाे छ ।
सुमार्गि आगामि श्रावण २६ र २७ गते काठमाण्डाैँमा हुँदै गरेकाे उधाेग वाणिज्य महासंघकाे चुनावमा कार्यकारिणि सदस्यकाे खुल्लातर्फकाे उम्मेद्वार समेत हुनुहुन्छ ।