हेटौंडाको मानव सेवा आश्रममा आश्रितलाई मुख्यमन्त्रीबाट दिवा भोजन सहयोग

छहारी संवाददाता
भदौ १३, २०८२

हेटौंडाको मानव सेवा आश्रमले आफ्नो १३ औं बार्षिक उत्सव तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार बिहान एक समारोहका साथ सम्पन्न गरेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आश्रममा आश्रित २५० जना सहयोगापेक्षीहरुलाई एक दिनको दिवा भोजन सहयोग गर्नुभयो । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रीहरुको पनि विशेष उपस्थिति थियो ।

प्रमुख अतिथि मुख्यमन्त्री बानियाँले समाजका विपन्न, असहाय र सहयोगापेक्षी व्यक्तिहरुको जीवनमा आश्रमले पुर्‍याइरहेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मानव सेवा आश्रमका पदाधिकारीहरुले वषौं र्देखि निरन्तर विपन्न, असहाय, मानसिक र शारीरिक रूपमा अशक्त नागरिकको उद्धार, संरक्षण र पुनःस्थापनामा संस्था सक्रिय रहेको जानकारी दिएका थिए । उनीहरूले सहयोगी हातहरू जोडिँदै गएको खण्डमा संस्थाले अझ प्रभावकारी रूपमा मानव सेवामा योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*