नारायणी यातायात व्यवसायी संघले स्वास्थ्य शिविर सहित साधारणसभा गर्दै

छहारी संवाददाता
फाल्गुन १६, २०८१

नारायणी यातायात व्यवसायी संघको ३६ औं वार्षिक साधारण सभा तथा १६ औं अधिवेशन फागुन १७ गते शनिबार हेटौंडामा हुने भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्यतामा उद्घाटन कायृक्रम हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । साधारण सभाका दिनमा नेपाल मेडिसिटी अस्पताल काठमाडौंका विशेषज्ञ डाक्टरहरुको टिमबाट स्वास्थ्य परिक्षण समेत हुने नारायणी यातायात व्यवसायी संघका महासचिव सरोजकुमार खनालले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष हिरालाल श्रेष्ठले सेवामूलक संस्था भएर पनि संघले नेपाल सरकारलाई कर तिर्दै आइरहेको बताउनुभयो । अहिले पनि ठूलो रकम नेपाल सरकारलाई कर तिनुपर्ने र आर्थिक अभाव रहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*