मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेश सरकारको गौरवको आयोजनाः मुख्यमन्त्री जम्कट्टेल

छहारी संवाददाता
असार १४, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रदेश सरकारको गौरवको आयोजना भएको बताउनुभएको छ ।

शुक्रबार हेटौंडामा आयोजित प्रतिष्ठानको चौथौ वार्षिकत्सव कार्यक्रममा सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने स्वास्थ्य क्षेत्रमा अध्ययन अनुशन्धान गर्ने तथा बागमती प्रदेशभरी आपूर्ति गर्ने उदेश्यले प्रतिष्ठानको स्थापना गरिएको बताउनुभयो ।

प्रतिष्ठानका कुलपति समेत रहनुभएका मुख्यमन्त्री जम्कट्टेलले नयाँ सोचका साथ स्थापना भएको संस्था भएकाले कोही पनि भ्रमित हुन नहुने बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट जारी भएको ऐनबाट नै प्रतिष्ठान नियमन हुने भएकोले भ्रममा नपर्न आग्रह गनुभयो । उहाँले प्रतिष्ठान ऐनले व्यवस्था र निर्देशित गरे बमोजिम नै सरकार अघि बढ्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा प्रदेशको राजधानी भइसकेको अवस्थामा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सुधार गर्नुपर्छ भन्ने मान्यताका साथ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको बताउनुभयो । उहाँले केहि जिम्मेवार व्यक्तिहरुबाट नै अनावस्यक रुपमा समस्या सिर्जना गर्ने कार्य भएको भन्दै आपत्ति जनाउनुभयो ।

प्रतिष्ठानले दिर्घकालिन ठूलाठूला कामहरु गर्ने विश्वासा व्यक्त गर्नुभयो । हिजोको हेटौंडा अस्पतालमा खाइपाइ आएको काम बन्द भएको कारणले केहि व्यक्तिले फैलाएको भ्रमले कुनै समस्या नहुने बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले प्रतिष्ठानको कार्यप्रगति र भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*