हेटौंडा अस्पतालका ७८ जना चिकित्सक तथा स्वास्थकर्मीले दिए सामुहिक राजिनामा(राजिनामा सहित)

कुटपिटमा संलग्न सबैलाई पक्राउ गरि कडा कारबाहीको माग गरेका छौंः डा. हरि बहादुर खड्का
छहारी संवाददाता
भदौ २९, २०८०

हेटौंडा अस्पतालका ७८ जना चिकित्सक तथा स्वास्थकर्मीले सामुहिक राजीनामा दिएका छ्न ।
सन्चो अस्पतालका दुई जना चिकित्सकमाथी भएको कुटपिटमा संलग्न सबैलाई पक्राउ गरि कडा कारबाहीको माग गर्दै सामुहिक राजिनामा दिएको हेटौंडा अस्पतालका डाक्टर हरि बहादुर खड्काले जानकारी दिनुभयो ।

घटना भएको ४८ घण्टा वितिसक्दा पनि प्रहरीले पीडित परिवारका व्यक्तिहरुलाई मात्र पक्राउ गरेको तर घटनामा संलग्न अन्यलाई खुलेआम छाडेकाले बाध्य भएर राजिनामा दिएको डाक्टर खड्काले बताउनुभयो । शुक्रबारबाट हेटौंडा अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरु बन्द रहने उहाँले बताउनुभयो ।

नेपाल चिकित्सक संघमा आवद्द सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई सामूहिक पत्रचार गरी स्वास्थ्य सेवा प्रदान गर्न असमर्थ रहेको जानकारी गराएका हुन् ।
हेटौंडा १ मा संचालित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट भएको थियो ।

गत साउन २५ गते डेंगुका कारण मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले बुधबार अस्पताल भित्रै प्रवेश गरेर चिकित्सकमाथि कुटपिट गरेका थिए । प्रधानको उपचार क्रममा चिकित्सकले लापरबाही गरेको मृतकका आफन्तको आरोप छ ।

कुटपिटमा संलग्न रहेको आरोपमा मृतकका छोरा रोहित प्रधान, भतिज अनुप प्रधान, श्रीमती रमा प्रधान र छोरी रमिता प्रधानलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न रहेका आपन्तलाई बिहिबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । अन्य दोषीको खोजी भइरहेको पनि उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*