मकवानपुरका चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै

छहारी संवाददाता
२२ भाद्र २०८०, शुक्रबार ०९:११

मकवानपुरका चेपाङ समुदायले छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको प्रमुख धार्मिक पर्वका रूपमा मनाइने छोनाम अर्थात् न्वागी पर्व हरेक वर्ष भदौ २२ गते पर्दछ । बागमती प्रदेश सरकारले चेपाङहरूको राष्ट्रिय पर्व छोनाम (न्वागी)का अवसरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।

मकवानपुरको राक्सिराङ, कैलाश गाउँपालिकामा चेपाङ समुदायहरुको बाहुल्यता रहेको छ । मकवानपुरको मनहरी, हेटौ।डा उपमहानगरपालिका क्षेत्रमा पनि केही क्षेत्रमा चेपाङहरुको बसोबास रहेको छ ।

बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि मकवानपुरका चेपाङ समुदायले सामूहिकरूपमा छोनाम (न्वागी) पर्व मनाउँदै छन् । मकवानपुरका चेपाङ समुदायहरुले आज सामूहिकरूपमा छोनाम पर्व मनाउन लागेका छन् ।

विगत आठ वर्षदेखि चेपाङ समुदायले चेपाङ सङ्घको पहलमा सामूहिकरूपमा न्वागी मनाउँदै आएका छन् । “चेपाङ सङ्घको तर्फबाट उत्सवका रूपमा सामूहिकरूपमा पर्व मनाउन लागिएको हो ।

चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । यस छोनाम पर्वका दिन घैया धानको चामल, पिँडालु, निबुवा, घिरौलालगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*