हेटौंडा ८ कमानेमा हुने सप्ताह ज्ञान महायज्ञमा प्रख्यात वाचिका राधिका दासी आउने

छहारी संवाददाता
२१ भाद्र २०८०, बिहीबार २०:०९

हेटौंडा ८ कमानेमा यहि भदौ २९ गतेदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ ।

श्री एकादशी राधाकृष्ण मन्दिर संरक्षण समितीले बिहिबार पत्रकार सम्मेलन गरी महायज्ञ गर्ने जानकारी दिएको हो । प्रख्यात वाचिका राधिका दासीबाट कथा वाचन हुने श्री एकादशी राधाकृष्ण मन्दिर संरक्षण समितीका अध्यक्ष शम्भु प्रसाद दुलालले जानकारी दिनुभयो ।

मन्दिरको स्तरोन्नती तथा अक्षय कोष स्थापना गर्ने उदेश्यले सप्ताह गर्न लागिएको अध्यक्ष दुलालको भनाई छ । उहाँले प्रत्येक दिन बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म र साँझ ७ बजेदेखि ९ बजेसम्म कथा वाचन हुने जानकारी दिनुभयो ।

मन्दिरमा लामो समय पुजारीका रुपमा रहेका हरिहर बुबाको इच्छा स्वरुप राधिका दासीबाट सप्ताह ज्ञान महायज्ञ लगाउन लागिएको महायज्ञ आयोजक मुल समारोह समितीका संयोजक धर्मराज पुडासैनीले बताउनुभयो । महायज्ञ असोज ५ गतेसम्म संचालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*